समाचार

बर्दियामा आगलागी हुँदा तीनजना बालबालिकासहित चार जनाको मृत्यु

Daily News Nepal

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।

मृत्यु हुनेमा करिब १८ महिनाका कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ । आगलागीको घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials