समाचार

गीता श्रवण गरे जीवनमा मुक्ति: डा सिके राउत

Daily News Nepal

भक्तपुर । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा।सिके रावतले श्रीमद्भागवतका कथा श्रवण गरे मात्र पनि जीवनमा मुक्ति प्राप्त हुने सुनाएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथलीमा सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता राउतले सो कुरा बताएका हुन् ।

बिशिष्ट अतिथिको रुपमा सहभागी भएका नेता राउतले भने श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुने र पुण्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन । यस्तो पुण्य प्राप्ति गर्ने सु(अवसर विजयमूर्ति महाराजश्रीले भक्तपुरबासीको आँगनमा ल्याइ पुरयाइदिएकोमा धन्यबादसमेत ब्यक्त गरेका छन । जसकाकारण  यसको भरपूर्ण प्रयोग गर्न उनले सुझाएका छन । 

त्यस्तै सम्बोधनको क्रममा नेता रावतले महाराजश्रीले गर्ने यो पुण्यको कार्यमा आफू सधै सहभागी हुने प्रणसमेत गरेका । साउन ११ गतेदेखि सुरु भएको महायज्ञ साउन २७ गतेसम्म सञ्चालन हुँदैछ । महायज्ञको क्रममा विभिन्न राजनीतिक दलका नेताहरु, धर्मगुरुहरु आउने कार्यक्रम रहेको जनाइएको छ । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials