समाचार

गोरखनाथ मगर समुदाय हुन् : संस्कृतविद् डा. गुरुङ

Daily News Nepal

पोखरा । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति एवं संस्कृतविद् डा .जगमान गुरुङले गोरखनाथ मगर समुदाय भएको र गोरखामा नै उनको जन्म भएको बताएका छन् । हिजाे सोमवारदेखि पोखराको पचभैया बृहद आध्यात्मिक परिषद्को आयोजना तथा श्री गोरक्षनाथ पीठको व्यवस्थापनमा गोरक्षधाम परिसरमा शुरु भएको नाथ सम्मेलनको क्रमामा उनले यस्तो बताएका हुन्।

उनले नाथको भुमी भएको भन्नू हुँदै नेपालको सरक्षंण नाथहरुले नै गर्नुपर्ने बताए । गोरक्षनाथ पिठ म्रगस्थलीका पिठाधिश श्रीषनाथ योगीले कोही अनाथ नहुने भन्नू हुँदै नाथ योगीहरु जाग्ने बेला आएको बताए । विश्व हिन्दु महशंघ अन्तर्राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष अस्मिता भन्डृारीले योगी नरहरिनाथको अभियान सबे धार्मिकजनहरुले अगाल्दा धार्मिक सहिष्णुता बढ्ने बढ्ने भनाई राखे ।

वाघिश्वरी आध्यात्मिक परिषद् देवघाटधामका संरक्षक शान्तप्रसाद पोखरेलले नाथ पद्धतिको अनुशासन सबै नाथ योगीहरु पनि वस्नु पर्ने बताए । पचभैया पिठका अध्यक्ष भरतराज पौडेल कोटिहोमस्थली समेत रहेको पचभैया मा नाथ सम्मेलन गरेर सो क्षेत्रको गरिमा बढेको बताए । कार्यक्रम उपस्थित महानुभावलाई स्वागत गर्दै परिषद्का महासचिव डा.दयानाथ योगीले नाथ योगीहरुको पहिचान लगायत बिषय कुरो उठाएका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials