समाचार

धादिङको थोपल खोलाको बाढी बस्तीमा पस्दा मालेवगर डुवानमा

Daily News Nepal

धादिङ । गएराती परेको वर्षाका कारण थोपल खोलामा आएको बाढी बस्ति पसेर क्षती पुर्‍याएको छ । खोला बस्तिमा पस्दा नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर–३ र १२ को मालेवगर डुवानमा परेको हो ।

नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ र १२ जोड्न थोपल खोलमा पक्कि मेटरएवल पुल निर्माण गर्ने क्रममा निकै लामो समयदेखी खोला थुनेर राखिदिएपछि गएराती थोपल खोलामा आएको बाढी बस्ति पसेको हो ।

मालेबगरमा बसोवास गर्दे आएकाहरुको घरमा खोला पसेपछि खाद्यान्न र लत्ताकपडा समेत बगाएको स्थानीयको दुखेसो रहेको छ । नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ३ र १२ जोड्नका लागी थोपल खोलामा पाँच वर्ष अघिदेखी निर्माण सुरु गरेको पक्कि मोटएवल पुल निर्माणका क्रममा गत केही महिनादेखी भने पुल ढलान गर्ने भन्दै खोलामा सानो ह्वीमपाईप राखेर बाँध बनाइएको थियो ।

सो ह्वीमपाईपबाट पानी जान नसकेपछि गएराति एक बजेदेखी खोला थुनीएको हो । खोलाको बाँध करिव चार वजेतिर मत्रै फुटेर पानी घटेको स्थानीयको भनाई छ । स्थानीयले पटकपटक पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई वर्षा अगावै पुल ढलान गरी बाँध खोल्न आग्रह गर्दै आएको भएपनी वेवास्ता गरेको र पुल निर्माणको काम अझै सम्पन्न नगरेकोले यस्तो अवस्था आएको हो ।

वर्षौदेखी निर्माण सुरु गरेको सो पुल अझै बन्ने छाँटकाट नभएको भन्दै सो ठेकेदार कम्पनीलाई कारवाही र बाढी पिडितहरुलाई क्षतिपुर्ति दिलाउनु पर्ने माग स्थानीय पिडितहरुको छ । पुलको केही भागको टेका बगाएको छ भने अब पुल संरचना समेत बलियो नहुने भन्दै स्थानीयले विरोध गरेका छन् । बाढीले डुवाएको बस्तिमा नेपाली सेना नेपाल प्रहरी र शसस्त्र प्रहरीलगाएत स्थानीय र नगरप्रहरीले उद्दार गरेका थिए ।

सो पक्कि मोटरएवल पुल निर्माणको जिम्मा चार वर्षअघि ज्योती सफल निर्माण सेवालाई संयुक्त रुपमा बाग्मती प्रदेश सरकार अन्तरगत भौतिक पुर्वाधार विकास मन्त्रालयले दिईएको हो । चार करोड ४२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्नुपर्ने सो पुल २५ मिटर लम्वाईको रहेको छ भने निर्माण सुरु भएको पाँच वर्षसम्म निर्माणको काम चालीस प्रतिशत पनी सम्पन्न भएको छैन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials