समाचार

गोरखामा आमाको नामबाट नागरिकता विरतण सुरु

Daily News Nepal

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट पनि नागरिकता वितरण सुरु गरेको छ । भिमसेन थापा गाउँपालिका १ का मन्जित बानियाँलाई आमाको नामबाट बशंज नागरिकता प्रदान गरी गोरखामा आमाको नामबाट नागरिकता वितरणको क्रम सुरुवात गरिएको हो ।

नेपाल सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेलगत्तै गृह मन्त्रालयको परिपत्र अनुसार आमाको नामबाट पनि नागरिकता वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए ।

राष्ट्रपतिबाट नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ प्रमाणित भएको तीन महिनापछि सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी गरेको हो ।

गृह मन्त्रालयले नियमावली राजपत्रमा प्रकाशित गरेसँगै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन कार्यान्वयनमा आएको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको हो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials