समाचार

सिन्धुपाल्चोकमा आगो ताप्नेक्रममा आगलागी हुँदा एक जनाको मृत्यु

Daily News Nepal

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा उक्त घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए ।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials