समाचार

भारतमा सन् २०५० सम्ममा दिन दुई गुणाले र रात चार गुणाले तातो हुने प्रक्षेपण

Daily News Nepal

भारतमा अत्यधिक गर्मीका कारण सन् १९९२ देखि २०१५ को बीचमा २२ हजारभन्दा बढीको मृत्यु भएको आधिकारिक तथ्याङ्कले देखाएको छ । तर वास्तविक संख्या योभन्दा निकै उच्च हुन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् ।

गत आइतबार महाराष्ट्र राज्यको नवी मुम्बईमा सरकारद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा सहभागी भएपछि कम्तीमा १२ को मृत्यु भएको थियो भने अन्य कैयौ अस्पतालमा भर्ना भएका छन् ।

दिउँसोको समयमा चर्को घाम लागेको बेला आयोजित सो कार्यक्रम खुला चौरमा आयोजना गरिएको थियो । भारतमा सन् २०५० सम्ममा दिनहरू दुई गुणाले र रातहरू चार गुणाले तातो हुने प्रक्षेपण गरिएको छ ।

भारतीय मौसम पूर्वानुमान विभागले मे महिनाको अन्त्यसम्ममा अत्यधिक गर्मी हुने, तातो हावा चल्ने र तापक्रम औसतभन्दा माथि जाने जनाएको छ । सन् १९०१ देखि २०१८ को बीचमा भारतको औसततापक्रम झण्डै ०.७ प्रतिशतले बढेको पाइएको छ र यसो हुनुमा आंशिकरुपमा जलवायु परिवर्तन कारक रहेको मानिन्छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials