समाचार

यातायात कार्यालयका प्रमुखसहित ५ जना कारागार चलान

Daily News Nepal

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यातायात व्यवस्था कार्यालय इटहरीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्।

राजश्व हिनामिना गरी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका ५ जनालाई पक्राउ गरी जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयका मोरङका प्रवक्ता एवं डिएसपी रञ्जन दाहाल बताए ।

डिएसपी दाहालका अनुसार सोमबार प्रहरीले तत्कालीन प्रमुख नयराज नेपाल, लेखा प्रमुख मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई पक्राउ गरेको थियो।

उनीहरूलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएर अदालतमार्फत कारागार चलान भएका हुन्। विशेष अदालतले ०७९ चैत ८ गते गरेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा नयराजलाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरिवाना तोकेको छ।

मणिराजलाई ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरिवाना तोकेको हो। कुमारबहादुरको ६ वर्ष कैद र एक करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरिवाना तोकेको छ।

टीकारामको ९ वर्ष कैद, २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना र देवराजलाई ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवाना गरेको छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials