समाचार

सांसद भण्डारीको स्वास्थ्यमा सुधार

Daily News Nepal

काठमाडौं । मुम्बईको बर्न अस्पतालमा उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ । नेकपा काँग्रेसका केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीका अनुसार शनिवार १२ः १५ बाट भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ, फोक्सोले आफै काम गर्न थालेको छ।

अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेसन गर्न नपर्ने भएको मुम्बईमा साथमा रहेका माधव न्यौपानेले सन्देश पठाएको शिवाकोटीले जानकारी दिए ।

गत बिहीबार राती ग्याँस लिका हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । उपचारका लागि सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई मुम्बई लगिएको थियो । एअर एम्बुलेन्समार्फत मुम्बई लगिएका भण्डारीको उपचार जारी छ । तर, सोही घटनामा घाइते भएकी आमाको भने उपचारको क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials