समाचार

बलात्कार आराेपी पक्राउ गर्न जाँदा स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गा मुढा प्रहार

Daily News Nepal

कालीकोट । कालिकोटको पलाँता गाउँपालिका-६ मा बलात्कार मुद्दामा अदालतबाट कसुर सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीयले ढुङ्गा मुढा गरेका छन् । फरार अभियुक्त घर आएको खबर पाएपछि उनलाई पक्राउ गर्न जाँदा स्थानीयले ढुङ्गा मुढा प्रहार गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् ।

पलाँता–४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गा मुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा-५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गा मुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त हतकडीसहित फरार भएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials