समाचार

काठमाडौँको टुँडिखेलमा माघी महोत्सव शुरु

Daily News Nepal

काठमाडौँ । आजदेखि काठमाडौँको टुँडिखेलमा माघी महोत्सव शुरु हुँदै छ। आज र भोलि दुई दिने महोत्सव हुने थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले जनाएको छ। माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि औपचारिक उद्घाटन गर्ने कार्यक्रम भएपनि आजैदेखि महोत्सव हुने आयोजकले जनाएको छ।

यस वर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघि महोत्सव गर्न लागिएको छ।

महोत्सव अन्तरगत आज टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ। दुइदिने महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, मुग्रंहवालगायत प्रस्तुतहुने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

२० भन्दा बढी थारु संघ-संस्थाहरुको संयुक्त आयोजनामा हुने महोत्सवमा थारु खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायत करिब १०० भन्दा बढी स्टल रहनेछन्।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials