समाचार

अबको २८ दिनमा मेलम्चीको पानी काठमाण्डु आउने

Daily News Nepal

काठमाडौं । मेलम्चीको पानी आगामी २८ दिनभित्र काठमाण्डु आउने प्रतिबद्धता जनाइएको छ । खानेपानी विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै २८ दिनभित्र काठमाण्डुमा पानी वितरण हुने जनाएको हो । त्यस विषयमा आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिबोर्ड बैठकले सो निर्णय गरेको हो ।

बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय गरेको छ । २८ दिनमा पानी ल्याउन दुई सिफ्टमा द्रूत गतिमा काम गर्न ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङमार्फत् मेलम्ची नदीको पानी सञ्चालन गर्ने कार्य बन्द गरिएकोमा साउन २८ र २९ गते मेलम्ची नदीमा ठूलो बाढी आएको कारण पुनः हेडवर्क्स पुरिएको थियो । पहुँच सडक समेत क्षतिग्रस्त भएकाले पानी ल्याउने काम हुन सकेको थिएन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials