समाचार

महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छः बालेन्द्र साह

Daily News Nepal

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताउनुभएको हो ।

उहाँले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख साहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताउनु भयो । उहाँले मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुराहरुलाई एउटा सिम्बोलको रुपमा देखाउन चाहेको छ । उदाहरणको रुपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनःजागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरी र काठमाडौं महानगरपालिकाभरी विभिन्न स्थानहरुमा डबलीहरु रहेका छन् । जसको प्रयोजन सांगितिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्दथ्यो । त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । ठूलो ठूलो इभेन्ट गर्नका लागि हामीलाई ठूलो मञ्चहरु प्रयोग गर्दै आएका छौँ । तर सानो सानो हाम्रो जनचेतनामुलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनःजागरण गर्नुपर्छ भन्ने कुराहरु हामीले ग¥यौँ । महशुस यात्रा ग¥यौँ । हामीले के महशुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको । त्यसलाई पुनःजागरण कसरी गर्ने ? हाम्रो संस्कृतिहरुलाई कसरी पुनःजागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरुलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरुलाई कसरी अभिलेखिकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरुलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरु पनि राख्यौँ ।’

प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडी बढेको बताउनु भयो । उहाँले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने बताउनु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials