समाचार

नेहा चौधरीसहित निहारिका राजपूत प्रहरी नियन्त्रणमा

Daily News Nepal

काठमाडौं । पतिसँग सम्बन्ध बिग्रँदै गएपछि आज बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पति डा.पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित गत मङ्गलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आफू घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए ।

धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा आफूहरु धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो । नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् ।

केही दिन पहिलेदेखि पति डा पङ्कज चौधरी र घरका परिवारजनले शारीरिक र मानसिक यातना दिँदै आएका आरोप लगाउँदै आएकी नेहाका पति डा पङ्कज चौधरीलाई प्रहरीले गत मङ्गलबार नै नियन्त्रणमा लिइसकेको छ । मुख्य आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेका प्रहरी उपरीक्षक पङ्गेनीको भनाइ छ ।

लामो समय प्रेमसम्बन्धमा रहेर विवाह गरेका डा चौधरी र जिल्लाकै औरही–१ माइती भएकी नेहाबीच पतिले दाइजोमा काठमाडौँमा घर किनिदिन ससुराली पक्षलाई दबाब दिएपछि सम्बन्ध बिग्रदै गएको नेहा पक्षको भनाइ छ । नेहा र डा। चौधरीको बिग्रँदै गएको सम्बन्धबारे समाचार प्रकाशित हुँदै आएपछि कुमारी आमाको नामले चिनिने निहारिका राजपूत नेहाको सहयोगमा जुटेकी हुन् । निहारिकाको पनि उच्च अदालत जनकपुरमा पति ९प्रेमी०सँगको मुद्दा विचाराधीन छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials