समाचार

शीर्ष नेतासँग भेटघाट गर्नुमा कुनै अपेक्षा छैन : अर्जुननरसिंह केसी

Daily News Nepal

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताउनुभएको छ । 

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताउनुभएको हो ।

उहाँले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताउनु भयो । नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताउनु भयो । उहाँले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पार्नुभयो ।

उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेको बताउनु भयो ।

उहाँले पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताउनु भयो । 

नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यक्ता भएको बताउनु भयो । नेता केसीले काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने बताउनु भयो । 

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयो ।

नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गर्नुभएको थियो ।

सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तिब्र बनाएको समाचार सार्वजनिक भएका थिए । यद्यपी भित्रि चर्चा सभामुखका लागि भएपनि नेता केसीले भने कुनैपनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गर्नुभएको छ । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials