समाचार

ओली भन्छन्–मन परेको उम्मेदवारलाई भोट हाल्नुस्

Daily News Nepal

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन्।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदान गरेपछि उनले भने, ‘जनतालाई आम निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु। म अहिले यत्ति भन्छु, मन परेको पार्टीका उम्मेदवारलाई भोट हाल्न र मताधिकार प्रयोग गर्न आग्रह गर्दछु।’

उनले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउने बताए। ‘निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु,’ उनले भने, ‘मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदि भएन भने साझेदार गरेका दलहरूसँग सरकारमा सामेल हुन्छौँ। ’

उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने उनको भनाइ छ। उनले नयाँ दलहरू राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials