समाचार

बझाङमा हिमपहिरो : एक जनाको मृत्यु, दुई घाइते, दुई बेपत्ता

Daily News Nepal

बझाङ- बझाङमा यार्सागुम्बा सङ्कलनमा गएका एक जनाको हिमपहिरामा परेर ज्यान गएको छ । आज सुर्मा गाउँपालिका–२ मा पर्ने धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा घटनास्थलमै उनको ज्यान गएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार यार्सा सङ्कलन गर्ने क्रममा हिमपहिरो जाँदा दुई घाइते हुनुभएको छ भने दुई बेपत्ता हुनुभएको छ । घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुङ्गाना र सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षकसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ ।

हिमपहिरामा परेर मृत्यु हुने, घाइते र बेपत्ता हुनेको परिचय खुलेको छैन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials