समाचार

गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु, तीन बिरामी

Daily News Nepal

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ ।

तीन जनाको विरामी भएका छन् । मृत्यु हुनेमा बर्ष ३५ को दिपक रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बर्ष ३८ को तिल रोकाया, २८ बर्षका टंक रोकाया र ३० बर्षका पारस धराला रहेका छन् ।

बिरामी मध्ये तिल रोकाया घर धनी रहेको अरू सबै उहाँको घर बनाउन लागेका मिस्री रहेको प्रहरीले जनाएको छ । गेडागुडी खाईसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए ।

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको स्थानीय भैरबहादुर धरालाले बताउनुभयो ।

मृतक बाहेक अन्य तीन जना होसमा आईसकेका छन् । तीन जनाको आइसियुमा उपचार भईरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials