समाचार

देशभर आंशिकदेखि सामान्य बदली

Daily News Nepal

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अघिको पाकिस्तानमा देखिएको न्यून चापीय प्रभाव र स्थानीय वायुको असरका कारण आएको बदलीले देशैभरको मौसमलाई असर गरेको हो ।

आज राति र भोलि दिउँसो पनि पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षा महाशाखाको अनुमान छ । कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले आइतबार जनाएको छ । उच्च हिमाली भूभागमा हिमपात भइरहेकाले पर्वतारोहणमा गएकाहरुलाई उच्च सर्तकता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

चट्याङसहितको वर्षातले आन्तरिकका साथै अन्तर्राष्ट्रिय उडानसमेत केहीबेर प्रभावित भएको थियो । मध्याह्‍न ४ बजेपछि बढेको वर्षा र चट्याङका कारण कतार एयरवेज र इन्डिगो एयरको बिहानको उडान प्रभावित भएको थियो ।

गएको चौबीस घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ३१ दशमलव ५ मिलिमिटर वर्षा भयो । त्यसैगरी पोखरामा २३ दशमलव २ र ताप्लेजुङमा २२ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै महाशाखाका अनुसार कास्कीको लुम्लेमा १० दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials