समाचार

पोखरा विमान दुर्घटना : चार जना अझैं फेला परेनन्

Daily News Nepal

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा सोमबार(आज) पनि खोजी र उद्धारको काम भइरहेको छ ।

विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था थाहा हुन नसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।

हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको थियो । रातको समयमा उद्धार गर्न नसकिएकाले आज बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ । उनीहरूको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials