Politics

रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट

Daily News Nepal

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।

विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो । आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ ।

नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो । आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो । गत जुलाईमा दुई देशबीच १ सय जना नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials