Politics

सुदूरपश्चिमका मुख्यमन्त्रीको टोली र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटवार्ता

Daily News Nepal

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग आज (बुधबार) बिहान मुख्यमन्त्री शाह नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठुला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेको सचिवालयले जनाएको छ।

कैलालीको गेटा मेडिकल कलेजको विषयमा पनि छलफल भएको बताइएको छ। मुख्यमन्त्री शाह नेतृत्वको टोलीले मङ्गलवार अर्थमन्त्री डा। प्रकाशशरण महतलाई पनि भेटेको थियो।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials