Politics

प्रहरी घेराभित्र एन्फाको बिशेष साधारणसभा

Daily News Nepal

हेटौंडा । प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुदैँछ । अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ । साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सिमामा पुगेको छ ।  

एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै आज हुने अविश्वासको प्रस्ताव पेश भए पछि मताधिकार प्रयोग गर्न पाउने छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials