Politics

वामदेव गौतम एमालेमा जान तयार, दोस्रो वरीयता चाहिने सर्त

Daily News Nepal

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् । आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने सर्त राखेका हुन् । 

अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराएका हुन् । आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । 

एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials