Politics

नयाँ हलमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री असन्तुष्ट

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ बैठक हलमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना मन्त्रीहरुसँग असन्तुष्ट बनेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले कार्यसमीक्षा गर्दै आशा अनुसारको काम नभएकोमा असन्तुष्टि राखेका हुन् ।

बैठकमा सरकार गठनको करिब एक वर्षको समीक्षा गर्दै कामलाई गतिदिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानून, कार्यविधिका समस्याबारे मुख्यसचिवले प्रस्तुती दिएका थिए ।

यसमा प्रधानमन्त्री प्रचण्डले अब यही तालले नहुने भन्दै रोष प्रकट गरेको बताइएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कामको सामान्य समीक्षा भएको जानकारी दिइन ।

मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले कामलाई गतिदिन नसके हटाउनेसम्मको चेतावनी दिएका थिए । मन्त्रालयको रिपोर्ट कार्ड सन्तोषजनक नहुँदा सरकारप्रतिको विश्वास घटेको प्रधानमन्त्रीले बताएको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्नका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेतासँगको संवाद पनि अघि बढाउनुभएको उनको सचिवालयले जानकारी दिएको छ ।

नयाँ कक्षमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ कक्षमा बैठकमा आजको बैठक चलेको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद्‌को नियमित बैठक नयाँ कक्षमा बसेको हो । अबदेखि मन्त्रिपरिषद् बैठक यही कक्षमा बस्नेछ ।

२०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवलीकरण सहरी विकास मन्त्रालयले गरेको थियो । दुई वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials