Politics

प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बिहीबार पेसी

Daily News Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । ३ वर्षअघि दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले प्रचण्डविरुद्ध दिएका २ वटा रिट आज सर्वोच्च प्रशासनमा दर्ता भएको हो ।

यसअघि गत कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासमा पेस भएको थियो । इजलासले रिट दरपीठको आदेश खारेज गर्दै अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो । रिट दर्ता गर्ने आदेशको लिखितप्रति आइतबार सार्वजनिक भएको थियो ।

सोमबार हिजो फागुको सार्वजनिका विदा भएकाले आज रिट दर्ता भएको हो । आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ ।

प्रचण्डले २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताउनु भएको थियो । यही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials