Politics

आफूलाई विश्वासको मत दिन पत्रमार्फत सबै दललाई मुख्यमन्त्री कार्कीको अनुरोध

Daily News Nepal

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि २२ भदौमा नियुक्त भएका कार्कीले आज विश्वासको मत लिने कार्यक्रम छ । स्थायित्व र सहकार्यका लागि मत दिन सबै दललाई पत्र लेखेका हुन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र (२)बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईँको दल समक्ष हार्दिक अनुरोध गर्दछु, कार्कीले पत्रमा भनेका छन्, साथै, विश्वासको पक्षमा तपाईँको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलीय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’

२२ भदौमा नियुक्त भएका उनले विश्वासको मत लिनका लागि १७ असोजमा प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका थिए । कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताए । माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले पनि विश्वासको मत दिने अवस्था नरहेको बताए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन प्रारम्भ हुनेछ । उपधारा ५ अनुसार नेतृत्वका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रले दाबेदारी प्रस्तुत गरेका छन् ।

अहिले कोशी प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन् । कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials