Politics

सर्‍यो काँग्रेस महासमिति बैठक, पुस १२ मा केन्द्रीय समिति बैठक

Daily News Nepal

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए।

यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। कार्यसम्पादन बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

केन्द्रीय समिति बैठक आह्वान

नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो । उक्त बैठकमा राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायत विषयमा छलफल हुने काँग्रेसले जनाएको छ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials