Politics

राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्न काँग्रेसले बनायो मापदण्ड

Daily News Nepal

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाएको छ ।

बिहीबार सुरु भएर हिजो (शनिबार) सकिएको केन्द्रीय कार्यसमितिको बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी मापदण्ड बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

‘बैठकले मुख्य नौ वटा निर्णय गरेको छ । यसमा समसामयिक राजनीतिक विषयमा राष्ट्रिय सभाको उम्मेदवार कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने एउटा निश्चित मापदण्ड तोकेको छ । अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय र भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय छ’

बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने भनी यसअघि कार्यसम्पादन समितिले गरेको निर्णय पनि अनुमोदन गरेको छ । त्यस्तै माघ ७ देखि २२ गतेसम्म समुदायमा काँग्रेस कार्यक्रम सञ्चालन गर्ने, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन खटिने कनेता कार्यकर्तालाई धन्यवाद दिने निर्णय पनि गरेको एक नेताले बताए ।

काँग्रेसले शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जाने गरी भएको घटनाको सत्य तथ्य छानबिन गर्न र मृतक परिवारलाई राहत तथा घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ । ‘कसको पक्षबाट कमजोरी भएको हो, सरकारले गठन गरेको समितिबाट सत्य तथ्य छानबिन गरी मृतक परिवारलाई क्षतिपूर्ति दिने कुरा, घाइतेहरूको उपचार र परिवारजनमा परेको जुन क्षति छ त्यसमा राज्यको तर्फबाट विशेष निर्णय गर्नका लागि माग गरेको छ’,

काँग्रेसले केन्द्रीय समितिको निर्णय आज (आइतबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials