Politics

कांग्रेसका सांसदले खोज्न थाले प्रचण्ड सरकारको बिकल्प

Daily News Nepal

काठमाडौं । कोशीमा माओवादी नेतृत्व अस्विकार गर्दै नेपाली कांग्रेसका शेखर कोइराला पक्षधरले बिद्रोह गरिरहेको बेला काठमाडौंमा पनि संघीय सरकारको बिकल्प खोज्नु पर्ने धारणा आउन सुरु भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले पुष्पकमल दाहाल नेतृत्वको सरकारले निकास दिन नसक्ने भन्दै बिकल्प खोज्नु पर्ने जनाएका छन । उनले तत्कालै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जनाएका छन् । 

‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा,' प्रचण्ड सरकारकाे ध्यान केन्द्रित भएकाे उनकाे आरोप छ ।

‘देशको आर्थिक स्थिर अवस्थामा छ,  यसलाई गतिशील बनाउनु पर्ने छ, उत्पादनमा जोड दिनु पर्ने हुन्छ, प्राकृतिक स्रोतको उपयोग बढाउनुपर्छ तर यही गति र मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन,  यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निमाण गरौं समयमै ।’

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नेतृत्वमो सरकार गठन गर्नु पर्ने माग पहिलो पटक उठेको हो । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials