Roshan
Politics

काँग्रेसको संसदीय दलको बैठक जारी

Daily News Nepal

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

शनिवार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो । काँग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भुमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो ।

तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा काँग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।

प्रतिपक्षमा रहेर आफ्नो भुमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ । प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका शीर्ष नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials