Politics

कांग्रेसका बिद्रोही कार्की कोशीका मुख्यमन्त्रीमा नियुक्त

Daily News Nepal

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन ।

सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? भन्नेमा बारेमा बिबाद कायम रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भए पछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । जसअनुसार बिहान ८ बजे देखी सुरु भएको सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन । प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिएका हुन् ।

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका थिए । 

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको थियो । जसअनुसार आङबो समुह हस्ताक्षर सनाखतमा जान नसके पछि आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । 

सो आन्तरिक बिबादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials