Politics

माधव नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको प्रयास

Daily News Nepal

काठमाडौं । राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन दलहरु उम्मेदवारका विषयमा सहमतिको प्रयासमा जुटेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ । 

शुक्रबार बिहान बसेको बैठकमा कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेका छन् । तर, कांग्रेस राष्ट्रपति छाडेर सहमति गर्ने पक्षमा छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एकवर्ष प्रधानमन्त्री दिनेगरी कांग्रेसबाटै राष्ट्रपति बनाउने विकल्वमा पनि छलफल भएको छ । 

यसप्रति माधवकुमार नेपाल पनि सकारात्मक भएको एक नेताले जानकारी दिए । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ,  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । 

उनीहरुबीचको कांग्रेसलाई राष्ट्रपति, माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री र जसपाबाट उपराष्ट्रपति बनाउने विषयमा छलफल भएको छ । र आजै साँझ ५ बजे बस्ने बैठकमा प्याकेजमै सहमति गर्नेगरी बिहानको बैठक नेताहरुले टुंग्याएका हुन् । 

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials