Politics

३३ उद्योगमा रातारात जोडियो बिजुली

Daily News Nepal

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेका ३३ उद्योगमा विद्युत सेवा जोडेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णयअनुसार गएराति ३३ उद्योगमा विद्युत जोडिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले काटिएका उद्योगमा विद्युत सुचारु भइसकेको बताए ।

प्राधिकरणले डिकेटेड र ट्रंक लाइन बापकको बक्यौता नतिरेको भन्दै तीन सातअघि उद्योगहरुमा लाइन काटेको थियो । उद्योगीहरुको विरोधपछि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधिश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ अयाोग गठन गरी तत्कालका लागि लाइन सुचारु गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको पत्र प्राप्त भएपछि शुक्रबार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials