Politics

इजरायल-हमास युद्ध विश्रामको चौथो दिन पनि विपिन छुटेनन्, परिवारजन चिन्तित

Daily News Nepal

कञ्चनपुर । इजरायल- हमास युद्ध विश्रामको चौथो दिन भइसक्दा पनि कञ्चनपुरका विपिन जोशी अझै रिहा नहुँदा परिवारमा चिन्ता थपिएको छ।

असोज २० का दिन प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका जोशीको रिहाइ र घर फिर्तीको दिन गनेर बाबुआमाको दिन बित्ने गरेको छ । विपिनका ५० वर्षीय बुबा महानन्द जोशीले ५० दिन भइसक्दा पनि छोरा बेपत्ता भएको र सार्वजनिक नहुँदा चिन्ता थपिएको बताए ।

पहिलो चरणमै रिहाइको पहलको आशा गरेका बुबा महानन्दले छोराको रिहाइ नहुँदा दैनिकी नै बिथोलिएको बताए । उनले जतिसक्दो चाँडो छोराको रिहाइको आशा राख्दै सरकारले यथाशक्य चाँडो नेपाल ल्याउने पहल गरिदिन आग्रह गरेका छन् ।

छोराको अवस्था अगाडिसम्म बझाङमा स्थानीय विद्यालयमा अध्यापन गराउँदै आएका बुबा महानन्द जोशीले त्यसयता जागिरमासमेत जान नसकेको बताए । छोराको रिहाइ गरिदिन आमा पद्मा जोशीले पनि सरकासमक्ष याचना गरेकी छिन्।

एक छोरा र एक छोरी रहेको जोशी परिवार लामो समयदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ३ मालिकाअर्जुन टोलमा बस्दै आएको छ । २३ वर्षीय विपिन जोशी सिकाइसँगै कमाइ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । तर इजरायल युद्धमा बंकरमा बसिरहेको बेलामा उनलाई हमास लडाकुले कब्जामा लिएपछि ५० दिन बित्दासमेत अवस्था अज्ञात नै छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials