Politics

नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हो : स्वर्णिम वाग्ले

Daily News Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् ।

आइतबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्भीर्यता राजद्रोह भएको बताए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे ।

अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने उनले बताए । वाग्लेले तनहुँ १ मा राजनीतिलाई सङ्लो पार्ने मुद्दा बोकेर गएको र जनताले पनि देशै सपार्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials