Politics

परराष्ट्रमन्त्री साउद कतारको दोहा प्रस्थान

Daily News Nepal

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गरेका छन्। दोहा फोरम-२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउद आज (शनिबार) बिहान पौने ७:४५बजे कतार एयरलाइन्सको जहाजमार्फत दोहा प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै उच्चस्तरीय भेटघाटको क्रममा हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल पनि गर्ने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials