Politics

पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन कार्यक्रम संयोजक एमाले नेता

Daily News Nepal

रुपन्देही । एमाले रुपन्देहीका नेता रामप्रसाद बस्याल पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका छन् । बस्याल गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखको उम्मेदवार थिए । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमाले लुम्बिनी प्रदेश समितिका पूर्वसल्लाहकार पनि हुन् ।

पूर्वराजा शाह आगामी पुस दोश्रो साता भैरहवा आउने र त्यहाँ राजावादी समूहले उनको अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । बस्यालले आफू एमालेमै रहेको दाबी गरेका छन् । यद्यपि धर्मनिरपेक्ष राज्य हटाएर हिन्दू राज्य बनाउने अभियानमा आफू पूर्वराजाको पक्षमा उभिएको जिकिर उनले गरे ।

यसैबीच एमालेले उनी पूर्वराजाको अभिनन्दन समिति संयोजक बनेकामा छलफल गर्ने भएको छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बस्यालका विषयमा पार्टीको बैठक बसेर निर्णय लिइने बताए ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials