Politics

आजदेखि डा. गोविन्द केसीको तीनदिने सत्याग्रह

Daily News Nepal

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै आजदेखि तीनदिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

डाक्टर केसीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साँझ ५ बजेदेखि सत्याग्रह गर्ने घोषणा गरेका हुन् । लामो समयदेखि विभिन्न मुद्दा उठाएर सत्याग्रह बसे पनि सरकारले माग सम्बोधन नगरेको उनको आरोप छ ।

केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउनुपर्ने, सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्नुपर्ने, कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायतका माग राखेका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials