Politics

'राजनीति, समाज र प्रशासनमा भएका चुनौतिको सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्छ'

Daily News Nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्नेकुरा सहजै अनुमान लगाउन नसकिने बताउनु भयो ।

उहाँले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्नेकुरा यसै भन्न नसकिने भन्दै देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले पदमा को बस्छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्नेकुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताउनु भयो । उहाँले नागरिकमा एकअर्का राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताउनु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials