Politics

निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने गृहमन्त्री लामिछानेको प्रतिवद्धता

Daily News Nepal

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माईतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेट गर्नुभएको छ ।

शनिवार माईतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरुसँग भेट गर्नुभएको हो ।

विगत केही दिन यता बाँकेका अधिकारकर्मीहरुको एक टोली माईतीघर मण्डलामा निर्मला कुर्मीको न्यायका लागि धर्नामा छन् । यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।

गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरुले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । अधिकारकर्मीसँगको भेटमा गृहमन्त्री लामिछानेले निर्मला कुर्मी र नकुन्नी धोबीको घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले यसअघिका सरकारले पटक–पटक प्रतिवद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिनेकुरामा विश्वस्त रहन आग्रह गर्नुभयो । उहँले छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई एक पटक राम्रोसँग काम गर्न दिनुहोला । अघिल्लो अनुसन्धानमा बिग्रिएका विषयहरुलाई सच्याउने मौका दिनुहोला, जे गर्नुपर्छ तपाईहरुले भन्नुभएको कुरामा हामी क्रमवद्ध रुपमा जाउँला, पीडित महिलाबाट आएको विषयलाई नै आधार र प्रमाण बनाएर अनुसन्धान थाल्छ,ु मलाई समय र साथ दिनुहोस् ।’

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको अधिकारकर्मीहरुको आरोप छ । अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले ४ बुँदे मागसहित धर्ना दिइरहेका छन् ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सही छाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभुति गराउनुपर्ने अधिकारकर्मीहरुको माग छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials