Politics

पतिले राजनितीबाट नाम कमाएकोमा खुशी छुः उपराष्ट्रपति पत्नी चम्पादेवी

Daily News Nepal

बारा । जनता समाजवादी पार्टी (जसपा) संसदिय दलका नेता एवम् नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकी पत्नी चम्पादेवी यादव अहिले खुशी देखिएकी छन् । पतिले जागिरबाट राजिनामा गरेर राजनीतिमा होमिएपछि आर्थिक बोझ आफ्नो टाउकोमा आएको र गाँउमै संघर्ष गर्दै आएकी चम्पादेवी अहिले पतिको मान सम्मान देख्दा खुशी बनेकी हुन् ।

कसैले पैसा कमाउँछन्, कसैले नाम कमाउँछ मेरो पतिले राजनीतिबाट नाम कमाएकोमा आफु खुशी रहेको उनी बताउँछिन । बाराको कलैयामा पशुपालन, माछापालन र गाँउघरमै दुःख गर्दै आएकी चम्पदेवी पति उपराष्ट्रपति भएपछि पैसा कमाउन नसके पनि नाम र प्रतिष्ठा कमाएकोमा खुशी रहेको बताउँछिन् ।

“पन्ध्र बर्षअघि कलैया उपमहानगर नगरपालिका नजिकै पाँच धुर जग्गा किनेर बाह्र बर्षअघि जग हाले पनि एक तला घर बनाउन सकिएन, अहिले पनि दुःख गर्दै छु । भर्खर एक तला घर बनाउन शुरु गरेको र घरको सबै रेखदेख आँफैले गर्दै आएको छु”- चम्पादेवीको भनाइ छ ।

घरमा आफुसँग सल्लाहनै नगरी शिक्षण पेशाबाट राजिनामा दिएर राजनितिमा लागेपछि आफुलाई मन नपरेपनि अहिले मान सम्मान पाएको देख्दा भने खुशी छु । आफ्नो परिवारमा दुई छोरा एक छोरी रहेकोमा छोरा छोरीको अध्ययनका लागि र श्रीमान राजनिति गर्ने भएकाले आफूहरु काठमाण्डौमै बस्ने गरेको उनले बताइन ।

पहिलेदेखि नै राजनिति गरेको आफूलाई ठिक नलागे पनि अहिले सबैले मानसम्मान गरेको देखिपछि भने राम्रै लाग्न थालेको उनको भनाइ छ ।

बाराको कलैयाका शिक्षक मनोज कुमार चौधरीले शिक्षण पेसाबाट सामाजिक सेवा र मधेशका नागरिकको हक हितको क्षेत्रमा काम र मधेश आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिएका नवनिर्वार्चित उपराष्ट्रपति यादवले सबैलाई राम्रो गर्ने सादगी मान्छे भएको बताउँछन् ।

२०६४ मा शिक्षण पेसा छोडेर पूर्णकालीन राजनीतिमा आएका यादव पार्टीको महासचिवसम्म भए । मधेशको राजनीतिमा उनी इमान्दार र शालिन नेताको छवि भएको स्थानीयको भनाइ छ । बाराको सिम्रौनगढ-९ बसबरियामा प्रसाद राय यादव र आमा सिहवादेवी यादवको कोखबाट २०२७ सालमा यादवको जन्म भएको हो ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट गणितमा बीएड गर्नुभएका यादवले भारतबाट गणित र विज्ञानमा बीएस्सीको पढाई पूरा गरेपछि सत्र वर्ष शिक्षण पेशा गरे राजनीतिमा होमिएपछि २०५७ सालमा आन्दोलनका क्रममै गिरफ्तार समेत भए र २०६० सालमा भूमिगत अवस्थामै मधेशी जनअधिकार फोरम बाराको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials