Politics

गृहमन्त्री छँदा नेपालको छवि उच्च राखेको छु : बालकृष्ण खाँण

Daily News Nepal

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता बालकृष्ण खाँणले प्रहरीलाई बयान दिने क्रममा गृहमन्त्रीका रूपमा आफ्नो कार्यकालको बखान गरेका छन् ।

आफूले नेपालको नाम उच्च राख्ने काम गरेको उनको दाबी छ । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रयासरत गिरोहबाट प्रयोग भएको आरोप लागेका खाँणले प्रहरीसँग आफू निर्दोष भएको जिकिर गरेका थिए ।

बयानमा उनले भनेका छन्, ‘म गृहमन्त्री रहँदा संविधान र कानूनको अधीनमा रही देशमा शान्ति सुरक्षा अमनचयन, कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम इमानदारीपूर्वक सम्पादन गरेको हुँ । भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाइदिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन ।’

‘म गृहमन्त्री भएपछि देशमा शान्ति सुव्यवस्था र अमन चयनका लागि गृह मन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ । यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरूले कुनै अवाञ्छनीय गतिविधि नगरुन् भनी त्यसका लागि पनि निर्देशन दिँदै आएको हुँ’, खाँणले भनेका छन् ।

उनी थप्छन्, ‘म गृहमन्त्रीको ओहदामा हुँदा तथा मन्त्रीको ओहदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु । कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतीय शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरूलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ, जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए ।’

खाँण गृहमन्त्री भएकै समयमा मन्त्रालयबाट शरणार्थीसम्बन्धी कार्यदलको प्रतिवेदनमा हेरफेर भएको थियो । त्यसमा आफ्नो कुनै हात नभएको खाँणले बताएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials