Politics

राष्ट्रपतिको उम्मेदवार म नै हुनुपर्छ : माधव नेपाल

Daily News Nepal

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन्।

बिहीबार सिंहदरवारमा भएको भेटवार्तामा नेपालले प्रचण्डलाई आफू नै राष्ट्रपति उम्मेदवार हुनुपर्ने बताएका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार जवाफमा प्रचण्डले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन आफू तयार रहेको भए पनि अरू दलसँग छलफल गर्नुपर्ने बताएका थिए।

उक्त भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल पनि सहभागी थिए। एकीकृत समाजवादीका नेता भुसालले पनि चुनावअघिको गठबन्धन ब्युँताउने भए आफ्नो पार्टीको भूमिका कहाँ हुने भन्ने स्पष्ट हुनुपर्ने बताएका थिए।

प्रचण्डले यी सबै विषयमा काँग्रेसलगायत दलसँग छलफल गर्नुपर्ने जवाफ दिएका थिए। नेपालसँगको भेटपछि संवाददाताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुङ्गो लाग्ने बताए।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials