Politics

प्रदेशका मन्त्रालय घटाउनेछु : मुख्यमन्त्री जमकट्टेल

Daily News Nepal

काठमाडौं । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशमा मन्त्रालयहरु घटाउन लागेको बताउनुभएको छ ।

मंगलवार बिहान मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चरकर्मीहरुसँग कुराकानी गर्दै उहाँले प्रदेशमा मन्त्रालयको संख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको संख्या घटाउन लागेको बताउनुभएको हो ।

उहाँले आजबाट नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जमकट्टेलले मन्त्रालयको संख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको र समितिले १५ दिन भित्रमा प्रतिवेदन दिने बताउनु भयो ।

पदभार ग्रहणअघि मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वागमती प्रदेशका संसदीइ दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रुपमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रदेश प्रमुखको कार्यालय हेटौंडामा शपथग्रहण गर्नुभएको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials