Politics

इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख

Daily News Nepal

काठमाडौँ । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगको शिलालेख फेरिने भएको छ ।

शिलालेख ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महराजाधिराज’ भनेर उल्लेख गरिएपछि विवादित बनेको थियो । सोही क्रममा शाहले कलेजको पनि उद्घाटन गरेका थिए । विवाद बढेपछि ‘श्री ५’ लेखेको शिलालेख हटाएर अर्को बनाउन अर्डर गरिएको कलेजले जनाएको छ ।

नेपाल सरकारको नीति नियमबमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials