Politics

भारतीय बिदेश मन्त्री पशुपतिनाथ दर्शनपछि स्वदेश फिर्ता

Daily News Nepal

काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गरेका हुन । उनी आजै स्वदेश फर्कदैछन ।

हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका  बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको थियो भने अपरान्ह १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका थिए ।

दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटबार्ता गरेका जयशंकरले नेपाल भारत बिच उर्जालगायत बिषयमा सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित भएका थिए । जुन सम्झौता पछि नेपालले भारतलाइ १० हजार मेगावाट बिजुली बेच्ने सुनिश्चितता कायम गरेको थियो भने अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको स्वकृतिमा २० करोडसम्म भारतले सहयोग उपलब्ध गराउने सम्झौता गरिएको थियो ।

सो सम्झौता पछि बिदेश मन्त्री जयशंकरमा राजनीतिक नेतासँग भेटबार्ता गरेका थिए । जसअनुसार हाेटल द्दारिकामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटबार्ता भएको थियो भने साेल्टी हाेटलमा अायाेजित रात्री भाेजमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित मधेस केन्द्रित दलका शिर्ष नेतासँग सामुहिक भेटबार्ता गरेका थिए । 

साँझ ६:१५ देखी सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्री भोजमा सहभागी भएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथको दर्शन गरेका हुन ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials