Politics

उपसभामुखमा सत्ता गठबन्धनबाट इन्दिरा रानाद्वारा उम्मेदवारी दर्ता

Daily News Nepal

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

सत्ता गठबन्धनका तर्फबाट रानाले आज प्रतिनिधि सभाको उपसभामुख पदका लागी उमेदवारी दर्ता गराउनुभएको हो ।

रानाले उपसभामुख पदको उमेदवारीमा रास्वपाकै सांसद सोविता गौतमले प्रस्तावक हुनुहुन्छ भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ,नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहनुभएको छ ।

आज बिहान बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। जसअनुसार रानाले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials