Politics

स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

Daily News Nepal

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ ।

सोमवार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको हो । उहाँले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदको लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गर्नुभयो ।

उहाँले कुनैपनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिनुभयो । उहाँले निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको बताउनु भयो । उहाँले वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी,सेवामुलक र आत्मनिर्भर संस्थाको रुपमा विकास गर्न चाहन्छ । त्यस्तो सबल संस्थाको रुपमा हेर्न चाहन्छौं । आत्मनिर्भर,प्रतिष्पर्धी संस्था होस् भन्ने चाहना हुन्छ । त्यसैले निगमलाई जहाज आवश्यक छ । आन्तरिक उडानको लागि दुई वटा मात्रै जहाज छ । यसले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न सकेको छैन । अन्तर्राष्ट्रिय उडानको लागि न्यारोबडीलाई भ्याइनभ्याई रहेको छ । वाइडबडीले बिजनेस पाइरहेको छैन । यस्तो अवस्थामा हामी छौं । त्यसैले ३३० को लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र त्यहाँ उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको छ । निगमले जहाज खरिद गर्नुभन्दा पहिला बजार व्यवस्थापन,बिजनेसको मोडालिटि तयार गर्नुपर्छ । निगमले व्यवस्थापकीय सुधार पनि गर्न आवश्यक छ ।’

उहाँले सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी,सेवा मुलक र आत्मनिर्भर संस्थाको रुपमा विकास गर्न चाहेको बताउनु भयो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials