Politics

जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

Daily News Nepal

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको डिफ्युजन नोटिसु जारी गर्न प्रहरीले पत्राचार गरेको छ ।

उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिएका छन ।

कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको थियो । पूर्व अध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको डिएसपी विकले जानकारी दिएका छन । इन्टरपोल शाखाले यस विषयमा अध्ययन गरिरहेको स्रोतले जानकारी दिएको छ ।

जसअनुसार अपुग भएका थप कागजातर विवरण मगाउने तयारी भइरहेको छ। सबै प्रक्रिया पुगिसकेपछि उक्त शाखाले इन्टरपोललाई अनुरोध गर्छ। अनुरोध गरेपछि इन्टरपोलकै अधिकारीहरूले अध्ययन गरी कैफियत देखिएमा थप विवरण माग्न सक्ने र त्यसपछि नोटिस जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

सहकारीको रकम अपचलन गरेको मुद्दामा जिबी राई सहित १८ जना फरार छन्। उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाण्डुबाट पक्राउ परेका थिए। अन्य फरार भएका हुन् ।जिबी राई ग्यालेक्सी फोरकेका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials